Lite Nepal

शनिबार, माघ १७, २०७७

काठमाडौं । नेपाल सरकारका खानेपानी मन्त्री तथा नेकपा ओली समूहका नेता मणि थापाले सुर्खेतमा आयोजित कार्यक्रममा सम्बोधनका क्रममा ‘श्री ५ को सरकार’ भनेको विषय अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

कतिपयले ओली सरकार प्रतिगमनतर्फ लागिरेको बेला सरकारका मन्त्रीले नै श्री ५ को सरकार भनिदिएपछि आलोचकलाई मसला बनेको छ ।

उनले सम्बोधनका क्रममा तत्काल आफ्नो गल्ती सच्याएपनि सामाजिक सञ्जालमा ‘श्री ५ को सन्देश बोकेर मणि थापा सुर्खेत पुगेको भन्दै’ व्याग्यात्मक रुपमा प्रयोगकर्ताहरुले भिडियो भाइरल बनाएका हुन् ।

थापाले भुलबस श्री ५ को सरकार भनेपछि मन्चमा समेत खासखुस चलेको थियो । यद्यपी उनले क्षमायाचनासहित आफ्नो भनाइ सच्याउँदै सम्बोधनका जारी राखेका थिए ।

‘सुर्खेतका आदरणीय जनसमुदायहरु १ नेकपा स्थायी समितिको तर्फबाट र श्री ५ को सरकारको तर्फबाट यो कार्यक्रममा, ए सरी नेपाल सरकारको तर्फबाट यो कार्यक्रममा म तपाईँहरुलाई लालसलाम भन्न चाहन्छु‘’ उनले सम्बोधनका क्रममा यस्तो भन्दै ‘सरी’ भनेर सच्याएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं