Lite Nepal

आइतबार, माघ १८, २०७७

विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक माघ २५ गते बस्ने भएको छ । प्रदेशसभा सचिबालयले आइतबार सूचना जारी गर्दै २५ गते २ बजे बैठक बस्ने जानकारी दिएको हो । यस अघि बैठक माघ ७ गते सुरु भएर अनिश्चित कालको लागि स्थगित भएको थियो ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्तापछि मुख्यमन्त्रीलाई नेकपाका बहुमत सांसदले दलको नेताबाट हटाएको र मुख्यमन्त्रीले अविश्वास प्रस्ताव दर्ता गर्ने १६ जना सांसदलाई निलम्बन गरेको अवस्थामा प्रदेशसभा बैठक आह्वान भएको प्रदेश प्रमुखको पत्र सभामुखले पढेर सुनाएपछि बैठक स्थगित भएको थियो ।

स्थगित बैठक सभामुखले २५ गतेको लागि आह्वान गरिएको प्रदेशसभा सचिव गोपाल पराजुलीले जानकारी दिए । अविश्वास प्रस्ताव दर्ता भएको अवस्थामा प्रदेशसभाको बैठक लामो समय स्थगित भएको भन्दै प्रस्ताव दर्ता गर्ने सांसदहरुले तत्काल बैठक सुरु गर्न माग गरेका थिए ।

प्रदेशसभाको अबको बैठकमा मुख्यमन्त्री विरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव अगाडि बढ्नेछ । यद्यपी मुख्यमन्त्री र उनको समूहले भने प्रस्ताव प्रक्रियामा लैजान नहुने दबाब सभामुखलाई दिइरहेको छ ।

आपूmले कार्वाही निलम्बन गरेका सांसदलाई प्रदेशसभामा प्रवेश नदिने र सभामुखले प्रवेश गराएमा बैठक अबरुद्ध गर्ने नेकपा संसदीय दलका प्रमुख सचेत बुद्धिकुमार राजभण्डारीले जानकारी दिए ।

राजभण्डारीलाई नेकपाको संसदीय दलको बहुमत पक्षले प्रमुख सचेतबाट हटाइसकेको छ भने मुख्यमन्त्री राईलाई दलको नेताबाट हटाएर भीम आचार्यलाई नेता चुनेको छ ।

बहुमत पक्षले पनि मुख्यमन्त्रीसहित ८ सांसदलाई निलम्बन गरेको छ । प्रदेशसभामा सरकारले कुनैपनि बिधेयक दर्ता नगरेकोले बैठकको लागि अविश्वास प्रस्ताव बाहेक अरु कुनै कार्यसुची छैनन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं