लक्ष्मी कटुवाल

बिहिबार, माघ २२, २०७७

विराटनगर । झापाको शिवसताक्षीमा बसले मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालकको मृत्यु भएको छ ।

शिवसताक्षी नगरपालिका ९ दुधेमा बुधवार राती पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको मे १ ख १९८० नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको बा ५६ प २९५८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा घाईते भएका मोटरसाईकल चालक शिवसताक्षी नगरपालिका ११ का ४१ बर्षीय पुर्ण कुमार कडरियाको झापाको बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

घटना विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं