Lite Nepal

बिहिबार, माघ २२, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी ओली समूहले राजधानीमा मार्चपास सुरु गरेको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहले आमहडताल गरेकै दिन यो समूहले राजधानीमा मार्चपास गरेको हो।

महेश बस्नेत नेतृत्वको स्वयंसेवक परिचालन कमिटीले वाल्मिकी कलेजबाट मार्चपास सुरु गरेको हो। राजधानीका विभिन्न्न स्थानबाट आएका स्वयमंसेवकले बाल्मिकी कलेजबाट मार्चपास सुरु गरेका हुन्। मार्चपास वाल्मिकी कलेजबाट सुरू भएर प्रदर्शनीमार्ग, पुतलीसडकहुँदै कमलादीसम्म पुग्ने छ। ओली समूहले भोली माघ २३ गते राजधानीमा जनसभा गर्दैछ।

ुनेपाल बन्द होइन बन्दैछ, केपी ओली आइ लभ यू, अघि बढ केपी बा, आज होइन भोलिलाई १० वर्ष ओलीलाई, केपी ओली जिन्दावादु लगायतका नारा लगाउँदै ओली समूह मार्चपासमा उत्रिएको हो।

पुस ५ गते मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई खेला भएको छ। एउटा समूहको नेतृत्व प्रचण्ड(नेपालले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रधानमन्त्री केपी ओलीले गरेका छन्।

प्रधानमन्त्री ओलीको असंवैधानिक कदम भन्दै प्रचण्ड(नेपाल समूह सडक संघर्षमा छ भने यता ओली समूह पनि विभिन्न जनसभाका कार्यक्रम गर्दै आएको छ। मार्चपासको नेतृत्व नेता महेश बस्नेतले गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं