Lite Nepal

मंगलबार, माघ २७, २०७७

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले गरेका कामको फेहरिस्त तयार गरेर एक महिनाभित्र सबैका गोजीमा पुर्‍याउने बताउनुभएको छ । काम नभएको भनेर भइरहेको आलोचनाप्रति लक्षित गर्दै मुख्यमन्त्री राईले तीन वर्षमा प्रदेश सरकारले गरेका कामको फेहरिस्त सबैका गोजी–गोजीसम्म पुग्ने दाबी गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घ, जिल्ला शाखा ओखलढुङ्गाको भवन उद्घाटन गर्दै राईले भन्नुभयो, ‘तपाईँहरुको घर–घरमा, गोजी–गोजीमा आइपुग्छ । हामीले तीन वर्षमा के–के गर्‍यौँ भनेर ।’ प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदमको बचाउ गर्दै मुख्यमन्त्री राईले देशलाई अस्थिरतातर्फ धकेल्ने षड्यन्त्र भएकाले ताजा जनादेशको बाटो रोजिएको जिकिर गर्नुभयो ।

पत्रकारहरुलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘अँध्यारो कोठामा प्रधानमन्त्रीले अराजकहरुसँग लेनदेन गर्ने काम गर्नुभएन, वैशाखमा चुनाव हुन्छ, निर्वाचन आयोगले तयारी गरिसक्यो ।’ देशमा स्थिरता, सुशासन र विकासका लागि सरकारले चुनाव घोषणा गरेको उहाँको दाबी छ ।

प्रधानमन्त्री ओलीलाई सङ्केत गर्दै मुख्यमन्त्री राईले विकास र समृद्धिको आकाङ्क्षालाई मूर्त रुप दिने सफल नेतृत्वलाई मतदान गर्न उहाँले अपिलसमेत गर्नुभयो । प्रदेश १ मा पनि अस्थिरता र अराजकता पैदा गर्ने प्रयास भएको भन्दै त्यसलाई असफल पारिने मुख्यमन्त्री राईको दाबी छ । प्रचण्ड–नेपाल समूहप्रति लक्षित गर्दै उहाँले अविश्वासको प्रस्ताव ल्याएर नागरिकको उत्साहमा अलि–अलि निराशा थप्ने काम भएको आरोप लगाउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं