Lite Nepal

शुक्रबार, माघ ३०, २०७७

काठमाडौं । आज सोनाम तथा ग्याल्बो ल्होछार। देशभरका तामाङ समुदायले आज सोनाम ल्होछार मनाउँदैछन्। यता शेर्पा समुदायले भने ग्याल्बो ल्होछार। ह्योल्मो समुदायले पनि आजै ल्होछार मनाउँदै छन्।

सरकारले सोनाम ल्होछारमा सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ। गत सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले तामाङहरुले मान्दै आएको सोनाम ल्होछारमा बिदा दिने निर्णय गरेको हो।

यसअघि सरकारले सोनाम ल्होछारको बिदा कटौति गरेको थियो। यता नेपाल तामाङ घेदुङले भने सोनाम ल्होछार साँझलाई ‘भर्चुअल’ रुपमा मनाएको छ। कोभिड–१९ महामारीका कारण जनाउँदै घेदुङले बिहीवार ल्होछार भर्चुअल साँझ मनाएको हो।

कार्यक्रममा लामा तथा बोन्बो (झाँक्री) बाट पूजापाठ एवं झाँकी, तामाङ कलाकारहरूबाट संगीतिक प्रस्तुति रहेको थियो। कोरोना महामारीलाई मध्नजर राख्दै यस वर्षको ल्होछार पर्व घरघरमा भव्यताका साथ मनाउन घेदुङले तामाङ समुदायसमक्ष आह्वान गरेको छ।

ल्होछारलाई साँस्कृतिक, धार्मिक पर्वका साथै नयाँ वर्षको रूपमासमेत मनाउने गरिन्छ। तामाङ भाषाको ‘ल्हो’ शब्दको अर्थ ‘वर्ग’ र ‘छार’ को अर्थ ‘नयाँ’ हुन्छ। १२ वटा जीवजन्तुको नाममा ल्हो ९वर्ग०को गणना गर्ने प्रचलन रहेको छ, जुन प्रत्येक वर्ष परिवर्तन हुन्छ। यस वर्ष तामाङलगायत ल्होछार मान्ने समुदायले जिवा ९मुसा० वर्गको बिदाइ गरी लाङ÷म्हे ९गाई० वर्गलाई स्वागत गर्दै छ। जसअनुसार माघ ३० गतेबाट गाई वर्ग सुरू हुन्छ।

ल्होछारमा परिवार जमघट भई लामा तथा बोन्बो (झाँक्री)बाट पूजापाठ गर्ने, मान्यजनबाट आशीर्वाद लिने÷दिने तथा मनोरञ्जनात्मक कार्यक्रम गर्ने गरिन्छ। साथै, सामूहिक रूपमा जम्मा बृहत् साँस्कृतिक कार्यक्रमसमेत आयोजना गरिँदै आएको छ। यो पर्व एक महिनासम्म धुमधामका साथ मनाउने गरिन्छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं