Lite Nepal

शुक्रबार, जेठ ०७, २०७८

काठमाडौं । एमाले नेता एवम् प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले नेकपा ९एमाले० एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले प्रधानमन्त्री एवम् पार्टी अध्यक्षविरुद्ध हस्ताक्षर नगरेको बताएका छन् ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको नाम नलिई भट्टराईले यस्तो बताएका हुन् । उनले शुक्रबारलाई जीवनकै सबैभन्दा कठिन दिन भएको समेत बताएका छन् ।

पूर्वमन्त्रीसमेत रहेका भट्टराईले आफूले सहि वा गलत के गरेको भन्ने कठोर मूल्यांकन इतिहासले गर्ने उल्लेख गरेका छन् ।

‘मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ’, भट्टराईले फेसबुकमा लेखेका छन्, ‘सहि गरेंकी, गलत गरें ईतिहासको कठोर मुल्याङ्कनमा खडा छु ।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु, जसपाका उपेन्द्र यादव र बाबुराम भट्टराई, एमालेका माधव नेपालसहितका विपक्षी दलका नेताहरु पनि १४९ जना सांसदहरुको हस्ताक्षरसहित नयाँ सरकारको दाबी शीतल निवास बुझाएका छन्। विपक्षी गठबन्धनले बुझाउन तयार गरेको प्रस्तावमा आफ्नो हस्ताक्षर दुरुपयोग भएको भन्दै एमालेका केही सांसदहरूले आफूहरू त्यो प्रस्तावमा सहभागी नभएको बताएका थिए । नेता भट्टराईले समेत आफूले विपक्षी दलका नेताको नाममा हस्ताक्षर नगरेको दाबी गरेका हुन् ।

राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ७६९५० अनुसार वैकल्पिक सरकारको दाबी प्रस्तुत गर्न दिएको समय शुक्रबार पाँच बजे सकिएको छ।

राष्ट्रपतिले दिएको समयभित्र सरकार गठनका लागि प्रधानमन्‍त्री केपी ओली र विपक्षी गठबन्धन दुवैतर्फबाट दाबी प्रस्तुत भएको छ। दुवै दाबी पत्रको अध्ययन गरेर संविधान कानुनबमोजिम निर्णय लिने र कदम चाल्‍ने जानकारी राष्ट्रपति भण्डारीले दलहरूलाई दिएकी छन्। दलहरुले राष्ट्रपतिको निर्णय पर्खेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा