विराटनगर । भारतमा कोरोना संक्रमितको संख्या घट्न थालेको छ । दैनिक वृद्धिमा दुई साता यता कमी आएको हो ।
लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ९५ हजार ८१५ जनामा संक्रमण भएको छ ।
यो संख्या सोमबारको तुलनामा झण्डै २७ हजारले कम रहेको बताइएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ६९ लाख ४७ हजार ४९६ पुगेको छ ।
यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।
संक्रमण घटे पनि भारतमा मृतको संख्यामा भने उल्लेख्य कमी आएको छैन । पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार ४९८ जनाको मृत्यु भएको छ ।
पछिल्लो विवरणअनुसार भारतमा कोरोना संक्रमितको मृतक संख्या ३ लाख ७ हजार २४९ पुगेको छ । भारतमा संक्रमण घटेसँगै अब क्रमस नेपालमा पनि संक्रमितको संख्यामा कमि आउने अपेक्षा गरिएको छ ।