Lite Nepal

मंगलबार, जेठ ११, २०७८

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले कोभिडका बिरामीलाई अन्यत्र उपचारका लागि लैजानु परे निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ ।

गाउँपालिकाको केन्द्र तेल्लोकमा रहेको अस्थायी कोभिड अस्पतालमा बिरामीको उपचार हुन नसकि अन्य कोभिड अस्पतालमा लैजानु परेमा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने गाउँपालिकाले जनाएको हो ।

कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका सम्बन्धमा सोमबार बसेको गाउँ कार्यपालिकाको बैठकले निःशुल्क एम्बुलेन्स सेवा प्रदानसहित माताहतका १० वटै स्वास्थ्य संस्थामा ‘फिवर क्लिनिक’ सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।

गाउँपालिका अध्यक्ष टीकाराम गुरुङका उनका अनुसार माताहतका १० वटा स्वास्थ्य संस्थाका लागि उच्च रक्तचापको मापन, अक्सिजनको मात्रा र पल्सको दर हेर्न उपयोगी भाइटल मोनिटर तत्काल खरिद गरिने भएको छ ।

यस्तै प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा रहेको पाँच शय्याको अस्थायी कोभिड अस्पतालमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, कार्यालय सहयोगी र एम्बुलेन्स चालकलाई मासिक तलब शुरु स्केलको ५० प्रतिशत थप गरी प्रोत्साहन स्वरूप उपलब्ध गराउने समेत गाउँपालिकाले निर्णय गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्तोष घिमिरेका अनुसार अस्थायी कोभिड अस्पतालमा रहेका बिरामीलाई खाजा खानाको व्यवस्थापन पनि गाउँपालिकाले मिलाउने छ भने होम आईसोलेशनमा रहेका सङ्क्रमित बिरामीलाई पोषणयुक्त खानाका लागि दुई हजारका दरले प्रदान गरिने भएको छ ।

यता होम आईसोलेशनमा नै रहेका बिरामीलाई चिकित्सकको सिफारिसमा स्वास्थ्यकर्मीमार्फत औषधिको प्याकेज उपलब्ध गराउने बताइएको छ । सङ्क्रमणकै कारण निधन भए दाहसंस्कारका लागि रु २० हजारसमेत उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाले जनाएको छ । रासस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा