Lite Nepal

शुक्रबार, जेठ १४, २०७८
सांकेतिक तस्विर ।

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ बजारमा रहेको एक फर्निचर गोदाममा आगलागी हुँदा लाखौँको क्षती भएको छ ।

सदरमुकाम स्थित न्यूरोड टोलमा रहेको कुमार गुरुङको फर्निचर गोदाममा गएराती आगलागी भएको हो ।

आगलागीबाट फर्म, वेयरिङ, सिमेण्ट, बाथरुम, शौचालयमा प्रयोग गरिने सामानहरु जलेर नस्ट भएका छन् ।

बिजुलीको वेयरिङ सम्म नगरिएको घरमा कसरी आगलागी भयो कारण खुलेको छैन । पीडित गुरुले राती दुई बजेतिर आगलागी भएको आफुले जनकारी पाएको बताए ।

‘तल्लो रोडबाट आगो लाग्यो भनेर फोन आयो, उठेर जाँदा फर्म जलिसक्न लागेको रहेछ’ उनले भने ।

आगलागी दमकल, प्रहरी र स्थानीयको सक्रियतामा नियन्त्रणमा आएको छ । वेयरीङ नगरेका कारण आगो कसैले लगाइदिएको हुनसक्ने पीडितको अनुमान छ ।

क्षतीको पुर्ण विवरण आउन बाँकी रहेको छ भने आगलागीको कारणका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं