Lite Nepal

बिहिबार, जेठ १३, २०७८

ताप्लेजुङ । ताप्लेजुङको पर्यटकिय हिमाली बस्ति घुन्सामा कोभिडसँग मिल्दो जुल्दो लक्षण देखिएका विरामीको संख्या बढेपछि औषधी र अन्य स्वास्थ्य सामग्री पठाइएको छ । सोही औषधी ओलाङ्चुङगोला पनि पठाईएको छ ।

शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट त्यसतर्फ औषधी पठाएको मिङ्मा डण्डु शेर्पाले बताएका छन् । उनका अनुसार हिमालयन डेभलपमेन्ट फाउन्डेसन अस्ट्रेलियाको आर्थिक सहयोगमा औषधी र स्वास्थ्य सामग्री पठाइएको हो ।

शनिबारबाट ताप्लेजुङको सबै स्थानीय तहहरुमा कोभिड–१९ विरुद्धको उपचारमा आवस्यक पर्ने स्वास्थ्य सामाग्रीहरु वितरण गरिने समेत शेर्पाले जनाएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा