Lite Nepal

आइतबार, आषाढ ०६, २०७८

विराटनगर । लागूऔषध गाँजा ओसार पसार तथा बेचबिखनमा संलग्न ३ भारतीय नागरिकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले सुनसरी देवानगञ्ज- १ का ४० वर्षीय उमेश यादव, धनकुटा सहिदभुमि गाउँपालिका- १ का ३२ वर्षीय रुद्र राई र धरान उपमहानगरपालिका- १३ स्थित सुम्निमा चोकका ४५ वर्षीय सुर्य राई रहेका छन् ।

त्यस्तै भारतीय नागरिक भारत अररिया फार्बिजगञ्जका १९ वर्षीय सोनुकुमार यादव, अररिया पिर्पाघाट विशनपुरका २८ वर्षीय जयराम यादव र अररिया नरपथगञ्ज सोनापुरका ३० वर्षीय रञ्जित भन्ने प्रिन्स विचितर कुमार रहेका छन् ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले पक्राउ परेकाहरुको साथबाट नेपाली नगद ७ लाख १६ हजार ६ सय, भारतीय नगद २ हजार रुपैयाँ बरामद गरेको जनाएको छ ।

अनुसन्धान गर्ने क्रममा लागूऔषध गाँजा ओसार पसारमा प्रयोग गरेको को १ च २४१२ नम्बरको मारुती भ्यान र उनीहरुले विराटनगर महानगरपालिका- ६ रामपुरस्थित झाडीमा लुकाई राखेको १८ केजी गाँजासमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले बताए ।

पक्राउ परेकामध्ये सुर्य राई भ्यान चालक रहेको जनाइएको छ । पक्राउ परेका ६ जनामाथि लागूऔषध कसूरमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा