Lite Nepal

सोमबार, आषाढ ०७, २०७८

काठमाडौं । पछिल्लो एक साताबीचमा खाने तेलको मूल्य प्रतिलिटरमा २० देखि २५ रुपियाँ घटेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन बढाएका कारण मूल्य घटेको दाबी गरेको छ ।

महानिर्देशक पौडेलले तेल उद्योगी उत्पादक उद्योगमै पुगेर कच्चा तेलदेखि उत्पादन लागतसम्मको अनुगमन गरेर तेलको भाउ घटाउन सफल भएको दाबी गर्नुभयो ।

विभागले विभागका महानिर्देशक प्रकाश पौडेलकै नेतृत्वमा विभागका अनुगमन संयोजक संलग्न टोलीले देशका विभिन्न ठाउँमा सञ्चालित तेल उद्योगमा अनुगमन गरेको थियो ।

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार बजारमा भटमासको तेल प्रतिलिटर २७० रुपियाँ र सूर्यमुखीको तेल (सनफ्लो) प्रतिलिटर २७५ रुपियाँमा कारोबार हुँदै आएको छ । सनफ्लावर धारा हेल्थ प्रतिलिटर २७० रुपियाँ पुगेको छ ।

यस्तै तोरीको तेल प्रतिलिटर ३२० रुपियाँमा कारोबार हुँदै आएको छ । यो मूल्यमा अहिले भने प्रतिलिटरमा २० देखि २५ रुपियाँ घटेको छ ।

बजारमा तेलको भाउ घटेको हल्ला चले पनि आमउपभोक्ताले घटेको मूल्यको महसुस गर्न भने नपाएको उपभोक्ता अधिकारकर्मीको भनाइ छ ।

उपभोक्ता अधिकार तथा अनुसन्धान मञ्चका अध्यक्ष माधव तिम्लिसिनाले उद्योगमा मात्रै मूल्य घटेर उपभोक्ताले त्यसको लाभ लिन नपाउने भएकाले तेलका अन्य लियरमा पनि अनुगमन हुनुपर्ने बताउनुभयो ।

विभागले उद्योगमा तेलको भाउ घट्यो भनेर मात्रै नहुने भन्दै उहाँले थप्नुभयोे, “खाने तेलका अन्य लियर डिलर, थोक बिक्रेता, खुद्रा बिक्रेता हुँदै उपभोक्ताको भान्सासम्म आइपुग्दा घटेको हुनुप¥यो, त्यो त हुन सकेको छैन । ”

घिउ–तेल उत्पादक उद्योगीहरू तेलको मूल्य घट्नुमा कच्चा पदार्थको मूल्य घट्नु र तेलको माग घट्नु मुख्य कारण रहेको दाबी गर्दै आएका छन् ।

वनस्पति घिउ–तेल उत्पादन सङ्घका अध्यक्ष सन्दीपकुमार अग्रवालले पछिल्लो एक सातामा खाने तेलको मूल्य घट्नुको मुख्य कारण खाने तेलको माग र खपतमा ह्रास आउनु रहेको बताउनुभयो ।

“उद्योगबाट तेलको मूल्य घटेर आएपछि घटे वा नघटेको विषयमा त सम्बन्धित सरोकारवाला निकायले अनुगमन गरेर घटेको मूल्य नघटाउने व्यापारीलाई कारबाही गर्नुप¥यो नि,” उहाँले थप्नुभयो ।

सङ्घका अनुसार तेलका लागि आवश्यक कच्चा पदार्थ सोयाबिन अर्जेन्टिना, ब्राजिलबाट र पाम तेल इन्डोनेसिया र मलेसियाबाट ल्याउने गरिन्छ भने सूर्यमुखी ९सनफ्लावर० तेल युक्रेन र अर्जेन्टिनाबाट आयात गरेर प्याकेजिङ गरिन्छ । गोरखापत्रमा खबर छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा