Lite Nepal

बिहिबार, आषाढ १०, २०७८

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालले साढे २८ अर्ब रुपैयाँ भन्दा धेरैको चामल आयात गरेको छ ।

भन्सार विभागले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको अन्तराष्ट्रिय व्यापारको तथ्याङ्कमा यस्तो विवरण सार्वजनिक भएको हो ।

यस वर्षको चामल आयात अघिल्लो वर्षको समीक्षा अवधिको तुलनामा ७ अर्ब ४० करोडले बढी हो ।

गत वर्ष जेठसम्म नेपालले २१ अर्ब २० करोड ४३ लाख ८३ हजार रुपैयाँ बराबरको चामल आयात गरेको थियो ।

चालु आर्थिक वर्षको साउनदेखि जेठ अन्तिमसम्म ६० करोड ३७ लाख २४ हजार ९८६ किलो विभिन्न प्रकारको चामल नेपालमा आयात भएको छ ।

सो आयातका लागि मुलुकबाट २८ अर्ब ६० करोड ३० लाख रुपैयाँ भन्दा धेरै रकम बाहिरिएको छ ।

उक्त परिणामको चामल आयात हुँदा सरकारले भने दुई अर्ब ७५ करोड १३ लाख रुपैयाँ भन्दा धेरै राजश्व संकलन गरेको छ ।

वैशाख अन्तिमसम्म नेपालले २८ अर्ब ३० करोड ४ लाख रुपैयाँ बराबरको चामल आयात गरेको थियो ।

नेपालमा चामल निर्यात गर्ने प्रमुख मुलुकको रुपमा भारत रहेको छ भने चीन, फिलिपिन्स, जापान थाईल्याण्डबाट पनि मुलुकमा चामल आयात भएको भन्सारको विवरणमा देखिन्छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा