Lite Nepal

आइतबार, साउन ०३, २०७८

विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेश १ लाई आर्थिक रुपमा समृद्ध बनाउन व्याण्ड भर्सेस ब्राण्डको अवधारणा ल्याईएको बताउनुभएको छ ।

समृद्ध प्रदेश निर्माणका लागि अरुको मुख ताक्नु नपरोस् भनेर व्याण्ड भर्सेस ब्राण्डको अवधारणा ल्याईएको उहाँले बताउनुभयो ।

सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द कार्कीको आज विदाई कार्यक्रममा मन्त्री राईले सो कुरा बताउनु भएको हो । व्याण्ड भर्सेस ब्राण्डको अवधारणा प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश भएर काम अघि बढाईएको मन्त्री राईले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सिंगो प्रदेशको नेतृत्व सामाजिक विकास मन्त्रालयले गर्ने छ ।’ दीर्घकालिन लक्ष्य राखेर व्याण्ड भर्सेस ब्राण्डको अवधारणा अघि बढाईएकाले यसबाट धेरैको रोजगारी सिर्जना हुने मन्त्री राईको भनाई छ । कार्यक्रममा विदाई भएका सचिव कार्कीले १ वर्ष १ महिनाको बसाईमा धेरै समय कोरोना संक्रमण नियन्त्रणमा केन्द्रित हुनु परेको बताउनुभयो ।

उहाँले मन्त्रालयको सचिव भएर आएकै दिन देखि कोरोना संक्रमण नियन्त्रणमा लाग्नु परेको बताउनुभयो । कोरोनामा धेरै ध्यान केन्द्रित गर्दा मन्त्रालयका अन्य क्षेत्रका कतिपय काम हुन नसकेको उहाँले बताउनुभयो । कोरोनाका कारण श्रम तथा रोजगार क्षेत्रको तालिमका लागि आएको बजेट नै फिर्ता गर्नुपरेको बताउनुभयो ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका उपसचिव कृष्णप्रसाद पोखरेल, प्रदेश शिक्षा निर्देशनालयका निर्देशक राजेन्द्र बुढाथोकी, सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाई लगायतले बोल्नु भएको थियो ।

मन्त्रालयका सचिव कार्कीको उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालयमा सरुवा भएको छ । सामाजिक विकास मन्त्रालयमा प्रदेश १ मुख्यमन्त्री कार्यालयबाट कमल भट्टराई आउनु हुने भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा