Lite Nepal

शनिबार, साउन १६, २०७८

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८०४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २९९ र १ हजार ४४५ जनाको एन्टिजेन परीक्षण गर्दा ५०५ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा १०५, मोरङमा १०४, झापामा ६९, धनकुटामा ९, उदयपुरमा ३, इलाममा २, पाँचथर, ते¥हथुम र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको छ ।

सुनसरीको धरानमा ८३, इटहरीमा १३, बराहक्षेत्रमा २, रामधुनी र इनरुवामा १–१ र स्थानीय तह नखुलेका ५, मोरङको विराटनगरमा ४३, लेटाङमा ३६, करोबारीमा १७, बेलबारीमा ४, उर्लाबारीमा २, कानेपोखरी र स्थानीय तह नखुलेका १–१, झापाको दमकमा ३३, भद्रपुरमा १७, मेचीनगरमा ६, विर्तामोडमा ४, बुद्धशान्ति, गौरादह र कमल गाउँपालिकामा २–२, बा¥हदशी, शिवसताक्षी र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटामा ५, पाख्रिवासमा ३, स्थानीय तह नखुलेका १, उदयपुरको चौदण्डीगढी, बेलका र स्थानीय तह नखुलेका १–१, इलामको चुलाचुलीमा २, पाँचथरको फिदिम, ते¥हथुमको मेन्छेयायम र संखुवासभाको खाँदबारीमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २१५ महिला र २१६ पुरुष छन् । पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा