Lite Nepal

बिहिबार, बैशाख ०८, २०७९

ताप्लेजुङ । ताप्लेजुङमा एक महिलाको कुटपिटबाट मृत्यू भएको छ । फुङलिङ नगरपालिका–११ की ४४ बर्षीया मेनुका सार्कीको छिमेकीको कुटपीटबाट मृत्यू भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

बैशाख २ गते बिहान स्थानीय ५४ बर्षीया कुमारी काङंबा लिम्बुले मेनुकालाई कुटपिट गर्दा घाईते भएकी थिइन् । उनको उपचारका क्रममा बिहीबार विहान मृत्यु भएको हो ।

मेनुकाको मृत्यु भएको भन्ने खबर प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले लिम्बुलाई पक्राउ गरेको छ । हत्या अभियोगमा पक्राउ परेकी लिम्बुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा