Lite Nepal

मंगलबार, जेठ ३१, २०७९

सोलुखुम्बु – विश्वको सर्वोच्च शिखर सगरमाथा अवस्थित सोलुखुम्बुको खुम्बु क्षेत्र भ्रमणमा आएका दुई जना विदेशी नागरिक २४ दिनदेखि सम्पर्कविहीन छन्। गत जेठ ५ गते खुम्बु आएका भारतीय नागरिक ३१ वर्षीय पुरुष सिरनाथ चन्द्र मोहोन र कोरियन नागरिक ५० वर्षीया महिला योहन सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

प्रहरी निरीक्षक उमाशंकरप्रसाद शाहका अनुसार जेठ ५ गते मन्जो चेकपोष्टमा इन्ट्रि भएर आधारशिविरतर्फ लागेका ती दुवै पर्यटक त्यस यता सम्पर्कमा आउन सकेका छैनन्। भारतीय नागरिक सम्पर्कविहीन भएको भन्दै खोजीमा सहयोग गरिदिन भारतिय दुतवासबाट टेलिफोन आएको र कोरियन नागरिक परिवारको सम्पर्कमा नभएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ।

गाईड विना खुम्बु घुम्न आएका उनीहरुको खोजीका लागि सकृय भएको जिल्ला प्रहरी कार्यालय सोलखुम्बुले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं