Lite Nepal

शुक्रबार, पुष २९, २०७९

विराटनगर – नेपाली कांग्रेस संसदीय दलको नेता उद्धव थापाले नेपाली कांग्रेसले विस्वासको मत विपक्षमा गर्ने बताएका छन् । प्रदेश सभाको बैठकमा बोल्ने क्रममा थापाले संसदीय दलको बैठकले सरकारको पक्षमा मतदान नगर्ने निर्णय नभएको बताए ।

प्रदेश १ मा नेपाली कांग्रेस प्रतिपक्षको भूमिकामा नै रहने भएकोले विपक्षमा मतदान गर्ने थापाले बताए । सरकारले विश्वासको मत लिने सन्दर्भमा विपक्षमा मतदान गरे पनि सरकारलाई सहयोग गरेर जाने थापाको भनाई छ ।

‘प्रदेशको उन्नति प्रगति र समृद्धिको लागि हामी सँगै सधैँ सहयोगीको रूपमा सहकार्य गरेर अघि बढ्ने छौँ, उनले भने, मुख्यमन्त्री ज्यूले आफ्नो कार्यक्रम बनाएर आएको खण्डमा सधैँ साथ र सहयोग रहनेछ ।’

नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्रकुमार राईले आफू प्रदेश सरकारको स्थायित्वको पक्षमा रहेको बताएका छन् । नेकपा एकीकृत समाजवादीको तर्फबाटसँधै असल कामको समर्थन र खराब कामको विरोध र भण्डाफोर गरिने राईले बताए । सरकारलाई विस्वासको मत दिने नदिने भन्ने कुरा भावना र सेन्टीमेन्टको आधारले मात्र नहुने राईले बताए ।

अहिलेको सरकारले भावी योजना र कार्यक्रमहरू नै नल्याएको अवस्थामा सरकारको औचित्य नै पुष्टि गर्न नसकेकोले सरकारलाई विस्वासको मत दिन नसकिने बताए । राईले एकता दिवस मनाएको बारेमा आलोचना गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं