Lite Nepal

मंगलबार, चैत्र ०७, २०७९

ताप्लेजुङ – कोशी प्रदेशका नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता ईन्द्र आङ्वोमाथि आक्रमणको प्रयास भएको छ ।

मंगलबार पार्टीको बैठकका लागि ताप्लेजुङ सदरमुकाम फुङलिङ जाने क्रममा फुङलिङ नजिकै मेची राजमार्ग अन्तर्गत बहानन्दे क्षेत्रमा आङ्वो सवार गाडीमा ढुंगा प्रहार भएको हो ।

आक्रमणको प्रयास भएपनि आङ्वो भने सकुशल रहेको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिनुभयो ।

आक्रमणको जिम्मा हालसम्म कसैले लिएको छैन । तर, उनको गाडीलाई खोदाएको भिडियो भने सामाजिक सञ्जालमा राखिएको छ । त्यहाँ नेता आङ्बोलाई खेदाएर हत्या गर्ने भनिएको छ ।

कोशी प्रदेश खारेजी संयुक्त संघर्ष समितिले सदरमुकाम फुङलिङमा कालो झण्डा देखाउन खोजेको थियो । तर, आक्रमणको सम्बन्धमा आफूहरुलाई जानकारी नभएको समितिले जनाएको छ ।

नेता आङ्वोका साथमा माओवादी केन्द्रका प्रदेश संयोजक हर्क नेम्वाङ समेत रहनुभएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा