Lite Nepal

मंगलबार, चैत्र ०७, २०७९

ताप्लेजुङ – कोशी प्रदेशका नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता ईन्द्र आङ्वोमाथि आक्रमणको प्रयास भएको छ ।

मंगलबार पार्टीको बैठकका लागि ताप्लेजुङ सदरमुकाम फुङलिङ जाने क्रममा फुङलिङ नजिकै मेची राजमार्ग अन्तर्गत बहानन्दे क्षेत्रमा आङ्वो सवार गाडीमा ढुंगा प्रहार भएको हो ।

आक्रमणको प्रयास भएपनि आङ्वो भने सकुशल रहेको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिनुभयो ।

आक्रमणको जिम्मा हालसम्म कसैले लिएको छैन । तर, उनको गाडीलाई खोदाएको भिडियो भने सामाजिक सञ्जालमा राखिएको छ । त्यहाँ नेता आङ्बोलाई खेदाएर हत्या गर्ने भनिएको छ ।

कोशी प्रदेश खारेजी संयुक्त संघर्ष समितिले सदरमुकाम फुङलिङमा कालो झण्डा देखाउन खोजेको थियो । तर, आक्रमणको सम्बन्धमा आफूहरुलाई जानकारी नभएको समितिले जनाएको छ ।

नेता आङ्वोका साथमा माओवादी केन्द्रका प्रदेश संयोजक हर्क नेम्वाङ समेत रहनुभएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं