Lite Nepal

मंगलबार, चैत्र १४, २०७९

काठमाडौ –  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय सुरक्षाको विषय संवेदनशिल भएकाले सचेत हुनुपर्ने बताएका छन् । रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामासञ्चालित उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिम समापन गर्दे प्रधानमन्त्री दाहालले राष्ट्रिय सुरक्षामा असर पर्ने कुनैपनि काम सरकारले नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले राष्ट्रिय सुरक्षाको विषय अत्यन्तै संवेदनशिल र महत्वपुर्ण रहेको बताए । उनले भनेर्, विश्व परिवेशमा भईरहेका घटनाहरुको कारण क्रमिक रुपमा आईरहेको परिवर्तन, अन्तराष्ट्रिय एवं क्षेत्रिय रुपमा उदियमान शक्ति राष्ट्रहरु, सुचना एवं प्रविधिको आकासिदो विकासक्रमको साथसाथै राष्ट्रिय रुपमा राजनैतिक, सामाजिक, सांस्कृतिक एवं आर्थिक क्षेत्रमा देखिएका परिवर्तनहरुले राष्ट्रिय सुरक्षामा प्रत्यक्ष प्रभाव पारेको बताएका थिए ।

उनले नेपालको संविधानले निर्देशित गरेको नेपालको सार्वभौमिकता, स्वतन्त्रता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्दै वहुजाति, धर्म, भाषा, संस्कृति र सम्प्रदायमा पारस्परिक सद्भाव सहिष्णुता र ऐक्यवद्धता कायम गर्दै राष्ट्रिय सुरक्षा प्रणालीलाई विकास गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागी शिक्षार्थीहरुलाई बधाई दिँदै प्रधान सेनापति महारथी प्रभुराम शर्माले यो तालिम सुरक्षित र समुन्नत नेपाल निर्माणमा विभिन्न निकायहरु बिच हुनुपर्ने सहकार्य, समन्वयात्मकता र एकिकृत प्रयास अभिवृद्धिको आवश्यकता बोध गराउन सफल भएको बताएका थिए ।
उनले तालिमको दौरान सहभागीहरुको पृथक अनुभव र मौलिक विचार आदान प्रदानले राष्ट्रिय सुरक्षा जस्तो गहन विषयमा साझा धारणा विकसित भएको र आगामी दिनहरुमा यस तालिमले देशको सुरक्षामा ठोस निर्णय लिँदा सहयोगी भूमिका निर्वाह हुने विश्वास व्यक्त गरे । यसका साथै प्रधान सेनापतिले परम्परागत चुनौतीहरुको अलावा वातावरण, उर्जा, खाद्यान्न तथा मानव सुरक्षा जस्ता विषयहरु पनि थप चुनौतीको रुपमा प्रष्फुटन भईरहेको जानकारी दिएका थिए ।

यस्ता खतराहरुले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय परिवेशमा दीर्घकालिन प्रभाव पार्न सक्ने भएकोले संभावित खतराहरुको पहिचान र उक्त खतराहरुबाट हुन सक्ने चुनौतिहरुलाई यथोचित ढंगबाट सम्बोधन गर्न तालिम सहयोगी हुने विचार व्यक्त गरे ।

वि.सं. २०७२ सालबाट शुरु भएको यस तालिममा विभिन्न मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग, विश्वविद्यालय, सञ्चार माध्यम लगायत सरकारी र गैर सरकारी निकायका अधिकारीहरु गरी ३० जनाको सहभागिता थियो । हालसम्म १९६ जनाले यो तालिम लिएका छन् । देशको राष्टिय सुरक्षा र चुनौतीहरुको जानकारी दिनको लागी यस्तो तालीम नेपाली सेनाले यस्ता तालीम आयोजना गर्दे आएको छ ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा