Lite Nepal

शनिबार, चैत्र २५, २०७९

काठमाडौं – बेलाबेला विवादास्पद फेसबुक स्टाटस र प्रतिक्रिया दिइरहने काठमाडौं महानगरपालिकाका मेयर बालेन साह आज संघीय सरकारमाथि खनिएका छन् ।

सरकारले आफूलाई असहयोग गरेको बताउँदै आएका साहले सरकारमाथि पटक-पटक कडा टिप्पणी गर्दै आएका छन् । त्यसै क्रममा उनले आज बिहान आफ्नो फेसबुक पेज र एकाउन्टमा फरकफरक टिप्पणी गरेका छन् ।

आज बिहानै फेसबुक पेजमार्फत सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका मेयर साहले फेसबुक एकाउन्टमा अर्को स्टाटस लेख्दै नेपालको सरकार भारत र चीनले बनाउने गरेको आरोप लगाएका छन् ।

‘इन्डियार चाइनाले बनाएको सरकारको कुनै इज्जत गर्दिन म’, उनले प्रश्न गरेका छन्, नेपाल स्वाधीन कहिले हुने ?’

मेयर साहले आफ्नो अस्तित्व कहिले बनाउने भन्दै प्रश्नसमेत गरेका छन् । काठमाडौं महानगरपालिकाले शुक्रबार गैरीगाउँस्थित सुकुमबासी बस्तीमा डोजर चलाउने प्रयास गरेको थियो । तर, सफल भएन । केन्द्र सरकारको असहयोग भएको मेयर बालेनको बुझाइ छ । यसअघि रवि लामिछाने गृहमन्त्री हुँदासमेत यस कार्यलाई तत्काल सहयोग गर्न नसकिने बताएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं