Lite Nepal

बुधबार, आषाढ २०, २०८०

काठमाडौं – राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरेका छन् । प्रधानमन्त्री दाहालको अभिव्यक्तिलाई लिएर एमाले सांसदहरूले बैठक सुरू हुनेवित्तिकै राजीनामा माग गरेका हुन्।

आजको बैठकमा विनियोजन विधेयकमाथि छलफल हुने कार्यसूची थियो। एमाले सांसद देवेन्द्र दाहालले प्रधानमन्त्रीको अभिव्यक्तिले देशको गरिमामा आँच पुर्‍याएको बताए।

दाहालले भने, ‘गत असार १८ गते भारतीय नागरिक प्रीतम सिंहको जन्म दिनको अवसरमा उनकी छोरीको पुस्तक विमोचमा प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर देशव्यापी विरोध भइरहेको छ । हाम्रो देशको प्रधानमन्त्री कसले नियुक्ति गर्छ ? प्रीतम सिंह राजनीतिमा चासो राख्नुहुन्थ्यो र मलाई प्रधानमन्त्री बनाउन भूमिका खेलेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक छ । प्रधानमन्त्रीज्यूले जवाफ नदिँदासम्म बैठक सञ्चालन हुन दिँदैनौं।’

उनले भारतको इसारामा चल्ने प्रधानमन्त्री स्वीकार्य नहुने बताए।

एमालेले अवरोध कायम राखेपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक ३ बजेर १ मिनेटसम्मका लागि स्थगित गरेको घोषणा गरे।

प्रधानमन्त्री दाहालले सोमबार आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटक पटक दिल्ली धाएको अभिव्यक्ति दिएका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा