Lite Nepal

आइतबार, पौष २२, २०८०

काठमाडौं – नेपाली नागरिक विपिन जोशीलाई हमासले नियन्त्रणमा लिएको आज तीन महिना पुगेको छ । हमासले इजरायलमाथि आक्रमण गरेपछि हमासले नियन्त्रणमा लिएका बन्दी मध्येका एक विपिनको रिहाइका लागि नेपालले गरेका प्रयास अझै सफल हुन सकेका छैनन् ।

यसैबीच, इजरायली सेनाले गाजामा गरेको आक्रमणमा गत २४ घण्टामा कम्तिमा एक सय २० जनाको मृत्यु भएको छ । इजरायली सेनाले उत्तरी गाजा क्षेत्रमा हमासको कमाण्ड संरचना ध्वस्त पारेको दाबी गरेको छ ।

इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले प्यालेस्टिनी लडाकुहरु उत्तरी गाजा क्षेत्रमा बिना कमाण्डर मात्र केही सङ्ख्यामा मात्र बाँकी रहेको दाबी गरेका छन् । उनका अनुसार हालसम्म इजरायली कारवाहीमा करिब ८ हजार हमास लडाकु मारिसकेका छन्। उत्तरमा भइरहेको कारवाही पछि इजरायली सैन्य शक्तिले केन्द्रीय र दक्षिणी गाजा क्षेत्रमा कारवाही तिब्र बनाउने भएको छ।

हमासद्वारा संचालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली कारवाहीमा हालसम्म २२ हजारको ज्यान गएको छ ।

इजरायल र हमासबिचको द्वन्द चर्किए सँगै गाजा क्षेत्रका २३ लाख सर्वसाधारण विस्थापित भएका छन् । गत अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा आक्रमण गरेपछि इजरायलले आफ्नो जवाफी कारवाही प्रारम्भ गरेको थियो ।

हमासको हमलामा करिब १,२०० को मृत्यु भएको थियो भने २४० जनालाई बन्दी बनाइएका थिए । नेपाली नागरिक विपिन जोशी सँगै करिब १२० जना अझै हमासको नियन्त्रणमा छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा