Lite Nepal

सोमबार, फाल्गुण २१, २०८०

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँगको गठबन्धन फेरेर नयाँ समीकरण बनाउनुको कारणबारे माओवादी पदाधिकारी बैठकमा ब्रिफिङ गरेका छन् । उनले बामपन्थी एकतासम्मका लागि समीकरण बनेको बताए ।

बैठकमा उनले तीनवटा विषय उल्लेख गर्दै नयाँ समीकरणको आवश्यकता परेको बताए । उनले सरकारका कामलाई गति दिने, शान्ति प्रक्रियाका काम पुरा गर्ने र बामपन्थी एकताको काम अघि बढाउन अहिले समीकरण नयाँ बनाइन लागिएको उल्लेख गरे ।

बैठकले अध्यक्ष दाहाललाई नै अब मन्त्रिपरिषद्मा पठाउने व्यक्तिहरूको छनौट गर्न जिम्मा दिएको छ । बैठकमपछि मा‌ओवादी नेता देवेन्द्र पौडेलले पनि बामपन्थी एकतातर्फका लागि अहिले एमालेसँगको गठबन्धनको स्टेप चालिएको बताए ।

‘विगतमा बामपन्थी एकता गर्ने भनिएको हो । सरकार पनि बनाइएको हो तर सफल भएन । तर जनताहरुले बामपन्थी एकता होस् भन्ने थियो’ उनले भने,’ अहिले हामी सबैदलहरूसँग मिलेर अघि बढ्ने प्रयास गर्छौं ।’ उनले अहिले समाजवादी मोर्चामा माओवादी, जसपा, नेकपा एस र नेत्रविक्रम चन्द पनि रहेको उल्लेख गर्दै अब एमाले पनि आएपछि मोर्चाबाट पनि जान सकिने उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं