Lite Nepal

सोमबार, फाल्गुण २१, २०८०

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँगको गठबन्धन फेरेर नयाँ समीकरण बनाउनुको कारणबारे माओवादी पदाधिकारी बैठकमा ब्रिफिङ गरेका छन् । उनले बामपन्थी एकतासम्मका लागि समीकरण बनेको बताए ।

बैठकमा उनले तीनवटा विषय उल्लेख गर्दै नयाँ समीकरणको आवश्यकता परेको बताए । उनले सरकारका कामलाई गति दिने, शान्ति प्रक्रियाका काम पुरा गर्ने र बामपन्थी एकताको काम अघि बढाउन अहिले समीकरण नयाँ बनाइन लागिएको उल्लेख गरे ।

बैठकले अध्यक्ष दाहाललाई नै अब मन्त्रिपरिषद्मा पठाउने व्यक्तिहरूको छनौट गर्न जिम्मा दिएको छ । बैठकमपछि मा‌ओवादी नेता देवेन्द्र पौडेलले पनि बामपन्थी एकतातर्फका लागि अहिले एमालेसँगको गठबन्धनको स्टेप चालिएको बताए ।

‘विगतमा बामपन्थी एकता गर्ने भनिएको हो । सरकार पनि बनाइएको हो तर सफल भएन । तर जनताहरुले बामपन्थी एकता होस् भन्ने थियो’ उनले भने,’ अहिले हामी सबैदलहरूसँग मिलेर अघि बढ्ने प्रयास गर्छौं ।’ उनले अहिले समाजवादी मोर्चामा माओवादी, जसपा, नेकपा एस र नेत्रविक्रम चन्द पनि रहेको उल्लेख गर्दै अब एमाले पनि आएपछि मोर्चाबाट पनि जान सकिने उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा