Lite Nepal

सोमबार, फाल्गुण २१, २०८०

काठमाडौं । संसद बैठक फागुन २४ गतेसम्मका लागि स्थगित भएको छ। नयाँ सत्ता समीकरणको रस्साकस्सीले आजको प्रतिनिधिसभा बैठक प्रभावित भएको हो।

संसद सचिवालयले सूचना जारी गरी विशेष कारणबस फागुन २४ गते बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको उल्लेख छ।

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बोलाइएको थियो। प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामा छलफल सुरु गर्ने तयारी थियो।

त्यसका लागि अर्थमन्त्रीसहित सरकारका मन्त्रीको पनि उपस्थिति हुनुपर्छ। तर मन्त्रिपरिषद नै पुनर्गठन गर्न लागिएकाले संसद बैठक सूचना टाँसेर स्थगित गरिएको हो।

तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले सरकारमा रहेका सबै मन्त्री हटाएर एमालेसहितको सानो आकारको नयाँ मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेपछि सभामुख देवराज घिमिरे बैठक के गर्ने भनेर आन्तरिक परामर्श गरेका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं