Lite Nepal

सोमबार, फाल्गुण २१, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नमर्दासम्म देशमा उथलपुथल भइरहने बताएका छन् । उनले माओवादीको विशेषताकै कारण राजनीतिक समीकरण निरन्तरतामा क्रमभंगता भएको दाबी गरे ।

उनले आजको दिनलाई नयाँ उथलपुथल भएको दिनको संज्ञासमेत दिए । आफू रहुन्जेलसम्म नेपालमा राजनीतिक उथलपुथल भरहने प्रधानमन्त्री दाहालको भनाइ छ । ‘म नमर्दासम्म देशमा उथलपुथल भई नै राख्छ । मलाई घेरा हालेर सिध्याउन धेरैचोटी कोसिसहरू भए प्रतिक्रियावादीबाट । घेरा तोड्दै आएका छौं तोड्दै जान्छौं । साथीहरूलाई म भन्छु ठूला कुरा गर्नुभन्दा हामी क्रान्तिकारीहरू एक-ठाउँमा उभिऔं ।’

राष्ट्रिय सभागृहमा आज आयोजित ‘शान्तिप्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति’ विषयक अन्तर्क्रियाम प्रधानमन्त्री दाहालले निरन्तरतामा पटक-पटक हुने गरेको क्रमभंगता माओवादीको विशेषता रहेको भन्दै आफ्नो पार्टी जमेर बस्ने पोखरी नभइ गड्गडाउँदो नदी भएको बताए ।

उनले भने, ‘माओवादी जहिले पनि सिद्धान्त र व्यवहारका दृष्टिकोणले जमेर बस्ने पोखरीजस्तो होइन, गड्गडाएर बग्ने नदीजस्तो हो । माओवादी निरन्तरतामा रमाएर बस्ने होइन, निरन्तरतामा क्रमभंगता गर्दै रमाउने जात हो ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा