Lite Nepal

बुधबार, फाल्गुण २३, २०८०

काठमाडौं । नयाँ गठबन्धनमा मन्त्री बनेका १७ जनाको कार्यविभाजन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले १७ मन्त्रीको कार्यविभाजन गरी शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र पठाएका छन् ।

तीन मन्त्रीले सोमबारै शपथ लिएकाले आज (बुधबार) थप १४ मन्त्रीले शपथ लिनेछन् ।

यस्तो छ मन्त्रीहरूको कार्यविभाजन :

नेकपा माओवादी केन्द्र

नारायणकाजी श्रेष्ठ (उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री)

वर्षमान पुन (अर्थमन्त्री)

शक्ति बस्नेत (ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय

रेखा शर्मा (सञ्चार तथा सूचना प्रविधि मन्त्रालय)

हितबहादुर तामाङ (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय)

नेकपा एमाले

रघुवीर महासेठ (उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय)

पदम गिरी (कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय)

हरि उप्रेती (रक्षा मन्त्रालय)

भगवती चौधरी (महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय)

राजेन्द्र राई (खानेपानी मन्त्रालय)

दामोदर भण्डारी (उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय)

ज्वालाकुमारी साह (कृषि तथा पशुपन्छी विकास मन्त्रालय)

बलराम अधिकारी (भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

रवि लामिछाने (उपप्रधानमन्त्री तथा गृह मन्त्रालय)

डोलप्रसाद (डीपी) अर्याल (श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय)

विराजभक्त श्रेष्ठ (युवा तथा खेलकुद मन्त्रालय)

सुमना श्रेष्ठ (शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय)

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं