Lite Nepal

बुधबार, चैत्र २१, २०८०
जगन्नाथ निरौला

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखमा जगन्नाथ निरौला सरुवा भएका छन् । यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणको कर्पोरेट निर्देशनालय प्रमुख रहेका निरौलालाई काठमाडौं विमानस्थल प्रमुखका रूपमा सरुवा गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

उनका अनुसार अहिले विमानस्थल प्रमुख रहेका प्रतापबाबु तिवारीको भने भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखमा सरुवा भएको छ । अहिले भैरहवा विमानस्थल प्रमुख हंसराज पाण्डेको भने प्राधिकरण मुख्यालय सरुवा भएको छ । उनलाई अहिले निरौलाले हेरिरहेको कर्पोरेट विभाग प्रमुखका रूपमा सरुवा गरिएको हो ।

‘१२औं तहको दरबन्दी रहेका स्थानमा नियमित सरुवाका क्रममा महानिर्देशक स्तरीय निर्णयबाट यो फेरबदल भएको हो,’ उनले भने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा