Lite Nepal

आइतबार, बैशाख ०२, २०८१

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । तर मन्त्रिपरिषद्ले यसअघि नै हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिमा सिफारिस गरिसकेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आज रातिदेखि लागु हुने गरी अधिवेशन अन्त्यका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गर्ने निर्णय गरेको हो ।

आजको बैठकमा राष्ट्रपतिको कार्यलयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने लगायतका कार्यसूची रहेको छ । तर हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिमा सिफारिस भइसकेकाले बैठक बस्ने नबस्ने अन्योल देखिन्छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ । संसदीय छानबिन समिति गठनको अडान कायमै राखेका बेला संसद् अधिवेशन अन्त्य गरेर सरकार संसद छल्ने र प्रश्नबाट भागेको कांग्रेसको आरोप छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं