Lite Nepal

आइतबार, आषाढ ०२, २०८१

चितवन – विश्वका कृषि र प्रविधि क्षेत्रका विज्ञहरूको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा हुने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुसन्धान प्रसार निर्देशनालयले कृषि व्यवसाय र प्रबिधिमा पर्यावरणीय प्रभाव विषयक सम्मेलन यही असार ४ र ५ गते रामपुरमा गर्न लागेको जनाएको हो ।

अनुसन्धान निर्देशक डा ऋषिराम कट्टेलले सम्मेलनमा नेपाल, भारत, अमेरिका, इन्डोनेसीया, चीन र अष्ट्रेलियाका विज्ञ, प्रध्यापक र विद्यार्थीहरूको सहभागिता रहने जानकारी दिए।

सम्मेलनमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा डा देवराज अधिकारी, कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्राडा पुण्यराज रेग्मी, योजना आयोगका शिक्षा हेर्नुहुने सदस्य डा रमेशचन्द पौडेल, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिब डा राजेन्द्रप्रसाद मिश्र, नाष्टका सचिब डा रविन्द्र ढकाललगातत नेपालका कृषिसँग सम्बन्धित विश्वविद्यालय र सङ्घ संस्थाका विज्ञ, प्रध्यापक र विद्यार्थीको उपस्थिति रहने छ ।

यस्तै भारतको महात्मागान्धि चित्रकुट विश्वविद्यालयका डिन डा डिपि राई, आइसिएआर कानपुरका निर्देशक डा सन्तकुमार दुवेलगायत भारतका विभिन्न विश्वविद्यालय र संस्थाबाट एक सय जना प्रतिनिधि सम्मेलनमा सहभागी हुने उनले जानकारी दिए ।

अमेरिका, इन्डोनेसीया, चीन, अष्ट्रेलियाबाट विज्ञ, प्रध्यापक र विद्यार्थीसमेतको उपस्थिति रहने सम्मेलनमा एक सयभन्दा बढी विभिन्न विषयका कार्यपत्र प्रस्तुतीकरण र समूहगत छलफल गरिने जनाइएको छ । यसैगरी कृषि व्यवसाय र प्रविधिमा पर्यावरणीय प्रभावका विषयमा समेत छलफल हुनेछ ।

कृषि विश्वविद्यालयको स्थापना तथा भरतपुर भ्रमण वर्षको सन्दर्भमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन गर्न लागिएको र सम्मेलनमा तीन सय जनाको सहभागिता रहने अनुसन्धान निर्देशक डा कट्टेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा