Lite Nepal

बिहिबार, आषाढ १३, २०८१

झापा– झापाको मेचीनगर नगरपालिका–३ मा एउटा हात्ती मृत अवस्थामा फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगर– ३ को धरधरे टोल सुकेनिन्दा खोला किनारमा आज बिहान मत्ता हात्ती मृत फेला परेको हो ।

स्थानीयवासीले खोलामा मरेको हात्ती देखेपछि जिल्ला प्रहरी कार्यालय र डिभिजन वन कार्यालयमा खबर गरेका थिए ।

उक्त खबर प्राप्त हुनासाथ ती निकायका संयुक्त टोली खोला खोला किनारमा पुगेको थियो ।

झापाका प्रहरी प्रवक्ता कृष्णबहादुर चन्दले मृत हात्तीको परीक्षणका लागि कोशीटप्पु वन्यजन्तु आरक्षबाट पशु विशेषज्ञ टोली आउने बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं