Lite Nepal

बिहिबार, आषाढ १३, २०८१

काठमाडौं- यूएईको दुबई सहरमा सांगीतिक कार्यक्रमका लागि जान लागेका गायक राजेशपायल राई अर्को विवादमा मुछिएका छन् ।

बिहीबार बिहान त्रिभुवन विमानस्थलबाट दुबईका लागि उड्न पुगेका उनलाई मादक पदार्थ पिएर लफडा गरेपछि त्यहीँबाट फिर्ता गरिएको छ।

फ्लाई दुबई एयरलाइन्सको जहाजबाट उड्न लागेका राईलाई मादक पदार्थले मातेर लफडा गरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको हो ।

अत्यधिक मदिरा पिएका उनले बोर्डिङ पास पनि गरिसकेर जहाजमा हल्ला गरेपछि फ्लाई दुबईका कर्मचारीले प्रहरीको जिम्मा लगाएका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजीपी) राजदत्त जोशीका अनुसार फ्लाई दुबईकै कर्मचारीले राईलाई जिम्मा लगाइदिएका हुन् ।

‘राजेशपायलले अत्यधिक मदिरा पिएर जहाजमा हल्ला गरेको जानकारी आयो । जहाजमा पालना गर्नुपर्ने नियममा नबसेपछि एयरलाइन्सका कर्मचारीले त्यहाँ ड्युटीमा रहेका प्रहरी बोलाएर जिम्मा लगाएका हुन् ,’ उनले भने ।

राजेशपायललाई फर्काएको जहाज अहिले दुबई पुगिसकेको छ। जहाजमा मदिरा पिउन पाइन्छ । तर हल्ला गर्न पाइँदैछ । राईले उक्त नियम तोडेपछि जहाजका कर्मचारीले फर्काएर पुलिसलाई जिम्मा लगाइदिएका हुन् ।

बिहानको उडानबाट फर्काइए पनि राईलाई मदिराले छाडेपछि दुबई जान सक्नेछन् । उनी अहिले विमानस्थल प्रहरीमै रहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं