Lite Nepal

बिहिबार, आषाढ १३, २०८१

काठमाडौं– राम्रो हुन कसलाई मन लाग्दैन र ? आफू सुन्दर देखिन सबैले प्रयास गर्दछन् । मानिसको पहिलो परिचय नै उसको अनुहार हो । अनुहार राम्रो भएको व्यक्ति सबैको नजरमा पर्छ । यदी अनुहारमा कुनै दाग वा खत भए पनि उ सबैको नोटिसमा पर्छ ।

आज हामी अनुहार सुन्दर देखाउने केही घरेलु उपायबारे चर्चा गर्नेछौ :

१ अनुहारमा निखारता ल्याउन कागतीको रस गुणकारी मानिन्छ । कागतीको रसले अनुहारको फोहोर बाहिर ल्याउँछ र छालालाई कोमल बनाउँछ । यसका लागी नियमित रुपमा कागतीको रस अनुहारमा लगाएर दश मिनेट राख्ने र चिसो पानीले पखाल्ने गर्नुपर्छ ।

२ बेसारको धुलो, बेसन र कागतीको रस मिसाएर लेप बनाई अनुहारमा लगाइ १० मिनेट राखेर पानीले पखाल्ने गरेमा यसले पनि अनुहारमा चमक ल्याउँछ । यो विधि सातामा चार पटकसम्म दोहोर्‍याएमा अनुहारको दाग हराउने र छालालाई मुलायम बनाउँछ ।

३ अनुहारको छाला सुख्खा र खस्रो छ भने दूध र मह मिसाएर लगाउने गरेमा सुख्खापन हराउँदै जान्छ । यसका लागी एक चम्चा दूधमा एक चम्चा मह मिसाएर अनुहारमा लगाउने र हल्का मालिस गर्ने र १५ मिनेटपछि सफा गरेमा अनुहारको सुख्खापन हराउँदै जान्छ ।

४ मेवा पिसेर त्यसको पेस्ट बनाइ अनुहारमा लगाएर २० मिनेटपछि सफा गर्दा अनुहारमा निखरता ल्याउन सक्छ ।

५ टमाटर र कागतीको रस मिसाएर अनुहारमा लगाउँदा अनुहार सफा हुँदै जान्छ । घाममा धेरै हिँड्नेहरूका लागि यो उपाय निकै फाइदाजनक हुन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा