Lite Nepal

बिहिबार, आषाढ १३, २०८१

काठमाडौं– विवाहको बहानामा एकजना नेपाली युवतीलाई चीन पुर्‍याएर बेचेको खुलेको छ ।

भारत र खाडी मुलुकहरूमा नेपाली युवतीहरू बेचिएको समाचार आइरहेका बेला अब चीनमा पनि बेच्न थालिएको खुलासा प्रहरीले गरेको हो ।

प्रहरीले एकजना युवतीलाई चीनमा लगेर बेचेको अभियोगमा उदयपुरको त्रियुगा नगरपालिका-१ जोगीदह निवासी ३१ वर्षीया सुन्दरी राईलाई मंगलबार पक्राउ गरेको छ ।

चीनस्थित नेपाली राजदूतावासको समन्वयमा एकजना नेपाली युवतीलाई यही असार ९ गते उद्धार गरिएको थियो ।

चीनबाट उद्धारपछि नेपाल फर्काइएकी ती युवतीको जाहेरीका आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो काठमाडौंको सुन्दरीलाई पक्राउ गरेको हो ।

राईले पीडितलाई सामाजिक सञ्जाल म्यासेन्जरमार्फत कुराकानी गरी फकाएकी थिइन् ।

आफूले चिनियाँ नागरिकसँग विवाह गरेर चीनमा बस्न थालेको १० वर्ष भएको बताउँदै पीडित युवतीलाई उनले फकाएको खुलेको छ ।

उनले चीनमा धेरै राम्रो हुन्छ, विवाह गरेर चीनमा आउनू, विवाहका लागि तयार केटा धनी र राम्रो रहेको प्रलोभन देखाई पीडितलाई काठमाडौंको ठमेलमा बोलाएकी थिइन् ।

त्यसपछि उनले चिनियाँ युवासँग भेट गराई २०८० फागुन १० गते भिजिट भिसामा चीन पुर्‍याएकी थिइन् । त्यहाँ उनलाई सुन्दरी १ लाख ५० हजार रूपैयाँमा चिनियाँ नागरिकलाई बेचेको खुलेको छ ।

ती युवतीलाई डेढ लाखमा किनेका चिनियाँ नागरिकले घरैमा बन्धक बनाएर शारीरिक र मानसिक यातना तथा यौन शोषण गरेको पीडितले बताएकी छन् ।

राईलाई जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरी कारबाही अघि बढाइएको छ। यसबारेमा अनुसन्धान जारी रहेको पनि प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा