Lite Nepal

बुधबार, आषाढ १९, २०८१

काठमाडौं– काठमाडौंको सोह्रखुट्टेमा सडक भासिएको छ । बुधबार बिहान करिब ५: ३० बजे ठुलो आवाजका साथ सडक भासिएर पानी निस्किएको छ ।

बुधवार बिहान काठमाडौँ महानगरपालिका १६ नयाँबजारस्थित कुमारी टोलको गेट अगाडि परेको खाल्डोमा ११ फिट गहिरो थियो र सो खाल्डोमा एउटा मोटरसाइकल समेत खसेको थियो ।

बिहानै परेको खाल्डोमा मोटरसाइकल खसेको छ भने चालक सकुशल रहेको प्रहरीले जनाएको छ । बाइकलाई क्रेनको मद्दतले बाहिर निकालिएको छ ।

जुद्ध समसेरको पालामा गाडिएको खानेपानीको पाइपबाट पानी आएको आशंका गरिए पनि पानी बन्द गर्दा समेत उक्त खाल्डोबाट पानी आउन बन्द भएको छैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा