Lite Nepal

बिहिबार, माघ १०, २०८१

काठमाडौं । भारतका विदेश मन्त्री एस. जयशंकरले गैरकानुनी रूपमा अमेरिकामा बसिरहेका भारतीयहरूलाई स्वदेश फिर्ता गर्न तयार भएको बताएका छन् ।

भारतीय मिडिया दि प्रिन्टका अनुसार जयशंकरले ‘वैधानिक फिर्तिको लागि खुला’ भएको बताएका छन् । जयशंकरले अमेरिकी समकक्षी मार्को रुबिओलाई यो जानकारी दिएको पनि बताएका छन् ।

सोमबार अमेरिकाको ४७ औँ राष्ट्रपति चयन भएका डोनाल्ड ट्रम्पले गैरकानुनी आप्रवासीहरूलाई धमाधम उनीहरूकै देशमा फिर्ता गर्ने, दक्षिणी सीमामा संकटकाल लगाएर सेना परिचालन गर्ने लगायतका मुद्दामा जोड दिएसँगै भारतीय विदेश मन्त्रीको यस्तो कुरा आएको हो ।

भारत ल्याटिन अमेरिकी देशहरूपछि सबैभन्दा धेरै गैरकानुनी आप्रवासी अमेरिका प्रवेश गर्ने एक स्रोत मुलुक हो । सन २०२४ को तथ्यांक अनुसार मेक्सिको, होन्डुरस, ग्वाँटेमाला पछि भारतबाट गैरकानुनी रूपमा अमेरिका पुग्नेहरूको ताँती चौथो ठूलो संख्यामा छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं