Lite Nepal

आइतबार, माघ १३, २०८१

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा पहिचान पक्षधरले प्रहरीमाथि ढुँगा र गुलेली प्रहार गरेपछि भएको झडपमा घाइते हुने अधिकांश आन्दोलनकारी ताप्लेजुङ भन्दा बाहिरी जिल्लाका रहेका छन् । 

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार पाथीभरामा केबलकारको विरोधमा भएको आन्दोलनमा ताप्लेजुङ भन्दा बाहिरी जिल्लाका धेरै आन्दोलनकारी आएकाले घटनामा घाईते पनि जिल्ला बाहिरका बढी भएका हुन् । 

प्रहरीलाई माथिबाट ढंगा र गुलेली प्रहार भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन शनिबार दिउँसो अश्रुग्यास प्रहार गरेको थियो भने, साँझ गोली चलाउनु नै पर्ने अवस्था आइएको कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले जानकारी दिए ।

सो घटनामा घाइते हुनेहरूमा तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिका – ९ पाटीगाउँका अन्दाजि ३५ वर्षका यामबहादुर लिम्बु, पाँचथर मिक्लाजुङ गाउँपालिका ५ का १७ वर्षका सगुन लावति, सोही स्थानका अन्दाजि १७ वर्षका मंगोल लावति, ताप्लेजुङ फुङलिङ – ८ दोखुका २० वर्षका धर्म पालुङवा घाइते भएका छन् । घाइते मध्ये ३ जना जिल्ला बाहिरका हुन् । 

घाइतेमध्ये ३ जनालाई थप उपचारका लागि आइतबार बिहान विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको छ । यामबहादुर, सगुन र धर्मलाई थप उपचारका लागि विराटनगर ल्याइएको हो । त्यसअघि जिल्ला अस्पताल ताप्लेजुङमै उपचार गराइएको थियो । सामान्य अवस्थाका मंगल डिस्चार्ज भइसकेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं