Lite Nepal

बिहिबार, माघ १७, २०८१

ताप्लेजुङ । पाथीभरामा तीर्थयात्रीको सहजताका लागि केबलकार निर्माण सुरु भएसँगै यसको विरोधमा पहिचान पक्षधरले गरेको यातायात बन्दको विकल्प खोज्न यातायात मजदुरले आग्रह गरेका छन् ।

विहीबार एक विज्ञप्ति जारी गर्दै यातायात बन्दका कारण आफूहरू लाई पेट पाल्नै गाह्रो भएकाले आन्दोलन र बन्द गरेर मजदुरलाई समस्यामा नपार्न उनीहरूले आग्रह गरेका हुन् ।

तीन दिन सम्म आन्दोलनको समर्थन गर्दै यातायातका साधनहरू सञ्चलन नगरी बसेको बताउँदै उनीहरूले अब बन्द नखोले वा मजदुरको अनुरोधलाई वास्ता नगरे आफ्नो रोजिरोटीको लागि यातायात सञ्चालन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।

उनीहरूले बन्दको मारमा पैसा नभएका मजदुर र सर्वसाधारण मात्रै परेको उल्लेख गर्दै यसको विकल्प खोज्न बन्दकर्तालाई सुझाव दिएका छन् । ‘पैसावालहरू मोटरसाइकल र अटो लागायतका यातायातका साधन रिजर्भ गरेर खुलेआम हिँडेको पाइएको छ, त्यसैले यो विभेदपूर्ण आन्दोलनको माेडल परिवर्तन गर्न जरुरी रहेको छ,’ उनीहरूद्वारा जारी विज्ञप्तिमा भनिएको छ । विज्ञप्ति निकाल्नेमा इलाम तथा झापाका यातायात मजदुरहरू रहेका छन् । यहाँका यातायातका साधनले नै ताप्लेजुङ लगायतका पहाडी जिल्लामा सेवा दिँदै आएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं