Lite Nepal

शुक्रबार, माघ १८, २०८१

ताप्लेजुङ । बिरामीलाई झापा पुर्‍याएर औषधी बोकेर ताप्लेजुङ फकिँदै गरेको एम्बुलेन्समा बिहीबार राती सदरमुकाम नजिकै ढुंगा प्रहार भएको छ ।

बुधबार जिल्ला अस्पताल ताप्लेजुङबाट रेफर भएका बिरामीलाई झापा पुर्‍याएर एक्सरे फिल्म लगायत अत्यावश्यक औषधि बोकेर फर्कदै गरेको अस्पतालको प्रदेश १–०१–००१ झ ०२३२ नम्बरको एम्बुलेन्समा राती करिब १० बजेको समयमा सदरमुकाम नजिकैको सिग्देल खोल्सामा बसेको समूहले ढुँगा प्रहार गरेको अस्पतालले जनाएको छ ।

ढुँगा प्रहारबाट एम्बुलेन्सको पछाडिको भागमा क्षति पुगेको जिल्ला अस्पताल ताप्लेजुङले जनाएको छ । ‘यो घटना प्रति अस्पताल घोर भर्त्सना गर्दछ, स्वास्थ्य जस्तो संवेदनशील विषयसँग सम्बन्धित कुरामा भएको यस्तो खालको गतिविधिले एम्बुलेन्स चालक लगायत अन्य स्वास्थ्यकर्मीमा डर त्रास छाएको छ, निरूत्साहित बनाएको छ,’ अस्पतालले सामाजिक सञ्जालमा विज्ञप्ति जारी गर्दै लेखेको छ ।

अस्पतालले बन्दको समयमा पनि झडपमा घाइते भएका बन्दकर्ता होस् या सुरक्षाकर्मी या आम सर्वसाधारण, सबैलाई अस्पतालले निरन्तर स्वास्थ्य सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै अस्पताल स्वास्थ्य सेवा दिन हरसमय तत्पर रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं