Lite Nepal

शुक्रबार, माघ १८, २०८१

इलाम । ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको विरोध गर्दै असन्तुष्ट पक्षले गरेको अनिश्चित बन्द यातायात मजदुरहरूले अवज्ञा गर्दै गाडी सञ्चालन गरेका छन् ।

उनीहरूले आज इलाम बजारबाट फिक्कल र झापा जाने गाडी सञ्चालन गरेको यातायात मजदुर सङ्घ इलामका अध्यक्ष छिरिङ शेर्पाले जानकारी दिए । उनका अनुसार तीन दिनसम्म बन्द कर्तालाई सहयोग गरेको र चौथो दिनबाट आफैँले बन्दको विरोध गर्दै गाडी सञ्चालन गरेको उनीहरूले बताएका छन् ।

बन्दको विकल्प खोजेर वार्ताबाट समस्याको समाधान निकाल्नु पर्ने उनीहरूको माग छ । दैनिक घर खर्च चलाउन र परिवार पाल्न समस्या भएको भन्दै व्यवसायीले गाडी सञ्चालन गरेको जनाएका छन् ।

उनीहरूले बन्द गर्दै आए वा गाडीमा तोडफोड भए प्रतिकारमा उत्रिने समेत बताएका छन् । आफूहरू एक जुट भएर गाडी सञ्चालन गर्ने र कसैले गाडी रोक्न आए मान्य नहुने मजदुरहरूको भनाई छ ।

सबै ब्यावसयीलाई गाडी सञ्चालन गर्न समेत मजदुरहरूले आग्रह गरेका छन् । बन्द कर्तालाई समेत विकल्प खोजेर अघि बढ्न आफूहरूको सुझाव रहेको चालकहरूको भनाई छ । इलाममा प्रशासनले कुनै सहयोग नगरेको चालकहरूले बताए । उनीहरूले इलाममा प्रशासन भएको र नभएको कुनै आभास नभएको गुनासो गरेका छन् ।

यता प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बन्दको पहिलो दिनबाट नै आफूहरूले गाडी स्वकटिङमा सहयोग गर्दै आएको बताइन् । उनले एउटा एउटा गाडीलाई स्वकटिङ गर्न असम्भव भएकाले जम्मा भएका गाडीलाई स्वकटिङ मार्फत गन्तव्यसम्म पुर्‍याउन सहयोग गरेको बताइन् ।

बन्द कर्ताले बन्द गराएका सडकहरूमा बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरेको उनको भनाई छ । ठाउँ ठाउँमा सुरक्षाकर्मी खटाएको र गस्तीमा समेत सुरक्षाकर्मी खटाएको उनले जानकारी दिएकी छन् ।

गएको माघ १५ गते देखी अनिश्चित बन्द आह्वानले यहाँका स्थानीयको जनजीवन कष्टकर बनेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं