Lite Nepal

शनिबार, माघ १९, २०८१

दैलेख । दैलेखको आठबीस नगरपालिका वडा नं. ३ देउली थाप्ले सामुदायिक वनको बडाखोला भन्ने ठाउँमा मृत अवस्थामा चितुवा फेला परेको छ । सवडिभिजन वन कार्यालय राकमका वन अधिकृत विवेक बेलबासेका अनुसार अन्दाजी ४ वर्षको पोथी चितुवा मृत फेला परेको हो ।

मृत चितुवालाई दैलेख सदरमुकामको पशु अस्पतालमा ल्याई शव पोस्ट मोर्टम गराई गाडिएको डिभिजनल वन अधिकृत राधाकृष्ण दासले जानकारी दिए ।

पोस्टमोर्टम गर्दा चितुवाले मारेको पशुमा कसैले विष हालेको र दोहोर्‍याएर मासु खान आएको चितुवाको त्यही विषले मृत्यु भएको हुनसक्ने अनुमान रहेको वन अधिकृत दासले बताए । चितुवा कसरी मर्यो भनेर घटनाको थप अनुसन्धान थालिएको छ । मृत चितुवाको तौल २७ केजीको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं