Lite Nepal

शनिबार, माघ १९, २०८१

जनकपुर । भारतको कुम्भ मेलामा सहभागी भएर फर्किँदै गरेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु भएको छ ।

बिहारको सहर मुज्फरपुरमा शनिबार साँझ नेपाली तीर्थयात्री बोकेको भारतीय गाडी दुर्घटनामा परेको धनुषा प्रहरीका डीएसपी वरुणबहादुर सिंहले जानकरी दिए । उनका अनुसार मृतक धनुषा र महोत्तरी जिल्लाका छन् ।

मृतकहरुमा मन्तार्नी देवी (४५), अर्चना ठाकुर (३०), बालाकृष्ण झा (६०), इन्दु देवी (५५) र चालक रहेका छन् ।

दुर्घटनामा मनोहर ठाकुर (३०), कामिनी झा (२५), सृष्टि ठाकुर (७) र जगतारण देवी (५०) गम्भीर घाइते रहेको डीएसपी सिंहले बताए ।

मोटरसाइकललाई जोगाउने क्रममा गाडी सडकमा तीन बल्ड्याङ खाएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं