Lite Nepal

आइतबार, माघ २०, २०८१

विराटनगर । पाथिभरामा केबलकार निर्माणको विरोधमा पहिचान पक्षधरले आज र भाेलि अरुण पूर्वका ९ जिल्लामा यातायात बन्द आह्वान गरेका छन् ।

मुकुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले आज र भोलि अरुणपूर्वका ९ जिल्लामा यातायात बन्दको आह्वान गरेको हाे ।

आज बन्दको प्रभाव सामान्य परेको प्रहरीले बताएकाे छ । राजमार्गमा यात्रुबहाक सवारी साधन चलेका छैनन । साना सवारी चलिरहेका छन् ।

कोशी प्रदेश प्रहरी प्रवक्ता भीम दाहालका अनुसार बन्दको प्रभाव ताप्लेजुङमा बढी छ । अन्य जिल्लामा बन्दको सामान्य प्रभाव परेको बताए । ‘केही ठाउँमा बन्दकर्ता सडकमा निस्किएका छन्,’ उनले भने,‘ यातायातका साधान केही चलेका छन् ।’

केबलरकार निर्माणको निर्णय खारेज हुनुपर्ने, आन्दोलनका क्रममा पक्राउ परेका नेता कार्यकर्ता छाड्नुपर्ने, मुकुम्लुङमा गोली चलेको घटनाको न्यायीक छानविन गर्नुपर्ने, काफ्ले पार्टीबाट सुरक्षा फोज फिर्ता गर्नुपर्नेलगायत माग राख्दै अरुणपूर्वका नौं जिल्ला झापा, मोरङ, सुनसरी, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, इलाम र पाँचथर जिल्ला बन्दको आह्वान गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं