Lite Nepal

मंगलबार, माघ २२, २०८१

ताप्लेजुङ । तीर्थयात्रीको सहजताका लागि ताप्लेजुङको पाथीभरामा निर्माण सुरु भएको केबलकारको विरोधमा घोषणा गरेको आमहड्ताल फिर्ता लिएको आन्दोलनरत पक्षको एक समूह मुक्कुमलुङ संघर्ष सहयोग समिति, पाँचथरले जनाएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै अर्को सूचना नआएसम्म आम हड्ताल फिर्ता लिएको तर, घोषित यातायात बन्दका कार्यक्रम भने जारी नै रहेको जनाएको हो । विज्ञप्तिमा समितिका संयोजक कमल हाङसरुम्बाले हस्ताक्षर गरेका छन् । उनीद्वारा जारी विज्ञप्तिमा मङ्गलबार विहानको राती ताप्लेजुङ पाँचथर सडक खण्ड अन्तर्गत गोपेटार–जोरपोखरी क्षेत्रको सडकमा रुख काटेर बाटो अवरोध गर्ने कार्य बन्दकर्ताले नगरेको पनि उल्लेख गरिएको छ । भनिएको छ, ‘हामी शान्तिपूर्ण आन्दोलनमा रहेको अवस्थामा हिजो राती हिलिहाङ गाउँपालिका स्थित पामा वरक (जोरपोखरी) नजिक रूख ढाली बाटो अवरोध गरिएको भन्ने सामाजिक सञ्जालमार्फत थाहा हुन आएकोले यस विषयमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । निहत्था जनतामाथि निर्मम दमनमा उत्रेको सरकारले आफै सुनियोजित ढंगले यस्ता हर्कतहरु गरेर हाम्रो शान्तिपूर्ण आन्दोलनलाई बदनाम गर्न खोजिएको भन्ने हाम्रो ठम्याई रहेको छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं