Lite Nepal

मंगलबार, माघ २२, २०८१

झापा । झापामा लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर एक भारतीय लागूऔषध कारोबारी घाइते भएका छन् । झापाको कनकाई नगरपालिका – ४ स्थित सुरुङ्गामा लागूऔषध कारोबारी पक्राउ गर्न खोज्दा प्रहरीमाथि आक्रमण गरेपछि प्रतिकारमा गोली चलाएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले जानकारी दिए ।

प्रहरीले पाँच राउन्ड गोली चलाएको हो । कनकाई दुईजनाले लागूऔषध लुकाएर राखेको भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यालय सुरुङ्गा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको संयुक्त टोलीले पक्राउ गर्न पुगेका थिए । त्यस क्रममा उनीहरू भागेपछि खेदाउने क्रममा प्रहरीले गोली चलाएको थियो । तर पनि भागेपछि दुई राउन्ड गोली हानेर लागू औषधसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो । एक जनाको खुट्टामा दुई गोली लागेको छ । दुवै जनालाई पक्राउ गर्न प्रहरी सफल भएको छ । 

पक्राउ पर्नेहरूमा भारत डिघल बैंकका अन्जार आलम र उनका भाइ युसुफ आलम रहेका छन् । एक जनालाई नियन्त्रणमा लिएको र अर्का घाइतेलाई उपचारका लागि कनकाई नगर अस्पतालमा भर्ना गरिएको छ । उनीहरूको साथबाट ३५ ग्राम ब्राउन सुगर बरामद भएको जनाइएको छ । घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको एसपी केसीको भनाई छ । 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं