Lite Nepal

बुधबार, माघ २३, २०८१

काठमाडौं । तीनजुरे हाइड्रोपावर प्रालिले ४.६ मेगावाटको सुपर मष्ट ईवा जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले ताप्लेजुङको सिदिङवा गाउँपालिका-१ तथा पाँचथरको याङवरक गाउँपालिका-२ भएर बग्ने ईवा खोलाको पानीलाई उपयोग गरी जलविद्युत् आयोजना निर्माण गर्न लागेको हो । यो नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिको आयोजना हो ।

कम्पनीले यो आयोजनाको विस्तृत अध्ययन र प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन (आईई) प्रतिवेदन तयार भइसकेको छ । विद्युत विकास विभागबाट उत्पादन अनुमतिपत्र (जेनेरेसन लाइसेन्स) लिने प्रक्रिया अन्तिम चरणको पुगेको छ । लाइसेन्स लिने प्रक्रिया पूरा भएसँगै कम्पनीले निर्माण थाल्ने गरी कार्ययोजना बनाएको उल्लेख छ ।

यो आयोजनाबाट वार्षिक २७.५५ गिगावाट आवर वार्षिक विद्युतीय ऊर्जा उत्पादन हुनेछ । आयोजनाको डिजाइन बहाव १.५५ घनमिटर प्रतिसेकेण्ड र कुल हेड ३६० मिटर हुनेछ । फलामबाट बनाइने हेडरेस पाइप ७७२ मिटर हुनेछ । उत्पादित बिजुलीलाई ३३/१३२ केभी अमरपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ । आयोजनाबाट २०८४ चैतदेखि व्यवसायिक उत्पादन गर्ने लक्ष्य छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं