Lite Nepal

बुधबार, माघ २३, २०८१

ताप्लेजुङ । ‘नो केबलकार समूह’ र सरकार बिच भएको सहमति अनुसार प्रहरीले ताप्लेजुङबाट नियन्त्रणमा लिएका तीन जनालाई रिहा गरेको छ ।

पहिचानवादी मोर्चाका ताप्लेजुङ जिल्ला संयोजक प्रदीप मादेन(नानी)सहित तीन जनालाई बुधबार प्रहरीले छाडेको हो ।

मादेन १० हजार रुपैयाँ धरौटी राखेर छुटेका हुन् भने सिदिङ्वा गाउँपालिका – ५ का लक्ष्मण लिम्बू र तेह्रथुम म्याङलुङका चन्द्रसागर लिम्बू ५–५ हजार रुपैयाँ धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए ।

तीनै जनालाई ताप्लेजुङ जिल्ला अदालतमा उपस्थित गराई रिहा गरिएको छ ।

गत माघ १२ गते पाथीभरा क्षेत्रको बलुडाँडामा भएको घटना पछि प्रहरीले अनुसन्धानका लागि भन्दै तीन जनालाई नियन्त्रणमा लिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं