Lite Nepal

बिहिबार, माघ २४, २०८१

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको छ । यद्यपि, कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही मुलुकका बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ। कोशी र गण्डकी प्रदेशमा आज (बिहीबार) आंशिक बदली रही केही स्थानमा हल्का हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ ।

मधेश, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मुख्यतया मौसम सफा रहने अनुमान छ । कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका १÷२ स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बिहानीपख तराईका भू–भागहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं