Lite Nepal

आइतबार, माघ २७, २०८१

काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएको आन्दोलनरत पक्ष र सरकारबीचको वार्ता निष्कर्षविहीन भएको छ ।

केबलकारको माथिल्लो स्टेसनमा थालिएको निर्माण कार्य तत्काल रोक्नेबारे आन्दोलनरत पक्ष र सरकारबीच माघ २२ गते सहमति भएको थियो ।

सरकारसँगको सहमतिसँगै उक्त समूहले पूर्वका विभिन्न जिल्लामा गरेको चक्काजाम लगायतका कार्यक्रम स्थगित भएको थियो ।

सरकार र आन्दोलनरतपक्षबीच ६ बुँदे सहमति हुँदा माघ २७ (आज) पुन: विस्तृत छलफल गर्ने गरी सहमति जुटेको थियो ।

आजको वार्तामा आन्दोलनरत पक्षले उच्च राजनीतिक नेतृत्वसँग मात्र वार्ता गर्ने अडान लिएपछि वार्ता विनाकुनै निष्कर्ष टुंगिएको हो ।

सरकारको तर्फबाट गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको रआन्दोलनरत पक्षले प्राज्ञ अम्बर तुम्याहाङको संयोजकत्वमा वार्ता टोली गठन गरेर वार्ता हुँदै आएको थियो ।

तर आन्दोलनरत पक्षले सरकारी पक्षले यसअघि भएको सहमति कार्यान्वयन नभएको र कर्मचारीसँग नभइ राजनीतिक नेतृत्वसँग वार्ता गर्ने अडान राखेका थिए ।

सरकारले वार्ता समिति बनाएकोमा स्वागत गर्दै आफ्नो पक्षबाट समेत वार्ताका लागि समिति बनाएको आन्दोलनरत पक्षले आज भने मन्त्रीसँग यसबारे छलफल गर्ने अडान लिएको हो ।

गत वार्तामा आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई बिना शर्त रिहा गर्ने सहमति भएको भए पनि सहमति विपरीत सरकारले उनीहरूलाई धरौटीमा रिहा गरेको भन्दै आन्दोलनरत पक्षले असन्तुष्टी जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं